काठमाडौ माघ १८
बुम रेमिट्यान्स प्रालि र गरिमा बिकास बैकले रेमिटेन्स सम्झौता गरेकाछन । दुबै संस्थाले माघ १८ गतेदेखि नै कार्यान्वयनमा आउने गरी रेमिटेन्स कारोवारमा सहकार्य गर्ने बिषयमा सम्झौता गरेका हुन ।
सम्झौता बमोजिम बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम गरिमा विकास बैंकका ३७ वटा शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमीट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्न सकिने छ । उक्त सम्झौतापत्रमा गरिमाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र बुमका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेकाछन । सम्झौता कै क्रममा गरिमाले सिघ्रनै आफ्नो शाखा संख्या ४९ वटा पुर्याउने जनाएको छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा चार हजार भन्दा बढि प्रतिनिधिहरु रहेकाछन । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।
आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक पन्तले दिनुभयो । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको बिज्ञप्तीमा उल्लेख छ ।