बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एक्लै लड्दा पनि एमाले मजबुत देखेर नै हामीविरुद्ध गठबन्धन गरेका छन्:  नेम्बाङ्ग

मंगलबार, साउन २४ २०७९

पाँचथर  । नेकपा एमाले संसदीय दलका उपनेता पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले विचार नमिल्ने दल वा समूहसँग तालमेल नगर्ने बताएका छन् ।

पाँचथरको फिदिममा मंगलबार प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने  ‘एमाले मजबुत र शक्तिशाली रहेकाले हामीविरुद्ध सत्तारुढ दलहरूले गठबन्धन गरेका छन्, उनीहरूविरुद्व एक्लै चुनाव लड्ने हाम्रो तयारी छ, जसलाई जनताले अनुमोदन गनेमा हामी ढुक्क छौँ,’ ।

उनले दूषित गठबन्धनको सरकारले देशमा केही पनि काम गर्न नसकेको बताए ।  

एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्तारुढ गठबन्धनसँग चुनाब लड्ने चर्चा चलिरहेका बेला त्यसका लागि गृहकार्य र वार्ता शुरु नभएको उनको भनाई थियो ।

सरकारका कमजोरीसँगै एमाले नेतृत्वको सरकारका पालामा भए गरेका राम्रा कामलाई एजेण्डा बनाएर जनतामाझ जाने उनले बताए ।

यस्तै नेता योगेश भट्टराईले देशको आर्थिक स्थिति नाजुक रहेको बताउँदै सुधार गर्न यो सरकारले नसक्ने बताए ।