बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्सेमा आज पनि ३६ अंकको उच्च गिरावट

बुधबार, माघ १२ २०७३

काठमाडौ माघ १२
नेप्से ३६ दसमलव ३८ अंकले घटेर १३ सय ९६ दसमलव ६१ अंकमा झरेको छ । नेप्से सेन्सिटिभ पनि सात दसमलव ८९ अंकले घटेर तीन सय तीन दसमलव २० अंकमा झरेको छ ।  एक सय ३५ कम्पनीहरुको चार हजार पाँच सय ३८ वटा कारोवारमा १७ लाख सात चार हजार पाँच सय ८२ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम ५९ करोड २८ लाख ६० हजार दुई सय ५४ रुपैयाँको सेयर किनबेच भएको छ । 
आठ वटा समुहको कारोवार भएकोमा आज उत्पादनमुलक समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेको छ । बीमा समुहको सुचक दुई सय ६७ दसमलव ४१ अंकले घटेर छ हजार तीन सय ८५ दसमलव २९ अंकमा झरेर  ११ करोड ४३ लाख ३६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक ३६ दसमलव १४ अंकले घटेर १३ सय ३१ दसमलव ८९ अंकमा झरेकोमा २० करोड ३८ लाख नौ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युत समुहको सुचक ५१ दसमलव ४९ अंकले घटेर १६ सय २४ दसमलव १५ अंकमा झरेकोमा १० करोड छ लाख १९ हजार दुई सय रुपैयाँको सेयर किनबेच भएको छ । होटल समुहको सुचक ५८ दसमलव ५६ अंकले घटेर १७ सय ८० दसमलव ८७ अंकमा झरेकोमा २० लाख ८६ हजार आठ सय ४० रुपैयाँको सेयर किनबेच भएको छ । 
आज बिकास बैक, फाईनान्स र अन्य समुुहको सुचक पनि घटेको छ भने उत्पादनमुलक समुहको सुचक बढेको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम     आजको कारोवार मुल्य         आजको बढेको मुल्य 

१    गरिमा बिकास बैक    ३८६                २.६६
२    युनिलिभर नेपाल लिमिटेड    २८६५१            २
३    कुमारी बैकत्र            ५३४            ०.९५
४    एनएमबी माईक्रो फाईनान्स    १४५०            ०.६२
५    तिनाउ बिकास बैक        ३९०            ०.५२
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम         आजको कारोवार मुल्य         आजको घटेको मुल्य 

१    राष्ट्रिय बीमा कम्पनी        ११९७०                १०
२    नेरुडे लघुबित्त बिकास बैक    १२१७                ९.९८
३    बरुण हाईड्रो पावर         २५०                ८.७५
४    सगरमाथा फाईनान्स        २३३                ८.२६
५    राष्ट्रिय बीमा कम्पनी संस्थापक    ११६५०                ७.३७