बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनको मूल्य घट्यो

आइतबार, साउन २२ २०७९

काठमाडौं  । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

साताको पहिलो दिन आज आइतबार ५ सयले घटेर छापावाल सुन ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुन प्रतितोलामा ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि आइतबार १५ रुपैयाँले घटेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।