बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

देव बिकास बैकको १४ करोड नाफा

बिहिबार, माघ ६ २०७३

काठमाडौ माघ ६
देव बिकास बैकले यही पुुस मसान्तसम्ममा १४ करोड तीन लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैकको यस्तो नाफा पाँच करोड ६३  लाख ७१ हजार रुपैयाँ रहेको थियो । 
चुक्ता पुंजी एक अर्ब चार करोड ४४ लाख ४० हजार रुपैयाँ रहेको बैकले चालुु आवको पुुस मसान्तम्ममा नौ अर्ब सात करोड १९ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने आठ अर्ब तीन करोड ८९ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा एक अर्ब पाँच करोड आठ लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकको खुद व्याज आम्दानी २६ करोड दुुई लाख ९२ हजार रुपैयाँ रहेको छ । संभावित जोखिम व्यवस्थापन शिर्षकमा एक करोड आठ लाख ५७ हजार रुपैयाँ रहेको बैकमा निष्क्रिय कर्जाको अनुपात एक दसमलव ७० प्रतिसत मात्र रहेको छ । बैकले गत आवको सोही अवधिमा बैकले छ अर्ब ८० करोड ३९ लाख एक हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३९ करोड ८८ लाख ९१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।