काठमाडौं,माघ ३ पर्वतारोही संजय पण्डितले आईएमईको लोगो
अंकित झण्डा अन्टारटिकाको सर्वोच्च शिखर विन्सोन मसिफमा फर्फराएका छन् । गएको
पौष २०, २०७३ तदनुसार ४, जनवरी २०१७ मा उनले उक्त झण्डा फर्फराएका हुन् ।
अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो
हिँडेर आरोहण गर्ने किर्तिमानी विश्व आरोही संजय पण्डितको यो पछिल्लो हिमाल आरोहण
थियो ।
पण्डितले सर्वोच्च शिखर सगरमाथा, आठौ ठूलो पर्वत मनास्लु, युरोपको सर्वोच्च शिखर
एलब्रस, जापान तथा अमेरिकी सर्वोच्च शिखरको सफल आरोहण गरी सकेका छन् । उनले
सर्वोच्च शिखर सगरमाथा सहित अन्य सम्पूर्ण हिमालमा आईएमई लोगो अंकित झण्डा
फहराउन सफल भएका छन् ।
आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस
कम्पनीले सेवा शुभारम्भको १६ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने
गरी ७५ जिल्लाका ५,२०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका
शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दः ख गरि कमाएको रकम देशका विभिन्न
भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण
गर्दै आईरहेको छ ।