काठमाडौँ – लक्ष्मी बैंकमा प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको कार्यकाल थप भएको छ । बैंक सञ्चालक समितीको पछिल्लो पटक बुधबार बसेको बैठकले आगामी चार वर्षको लागि शाहलाई पुन प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
दोस्रो कार्यकाल थप भएका शाह बिगत १९ बर्षदेखि लक्ष्मी बैंकमा कार्यरत रहेका छन् । स्टान्डर्ड चार्टड बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका शाहले यसअघि एक कार्यकाल अर्थात चार वर्ष प्रमुख कार्यकारीको रुपमा कार्यभार सम्हालिसकेका छन् ।