नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. २०७३ पौष १५ गते देखि लागु हुने गरी बैंकका नायब महाप्रबन्धक श्रीमती बन्दना पाठकलाई का.मु. महा–प्रबन्धकमा नियुक्त गरेको छ । उक्त मिति देखिनै लागु हुने गरी उनले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको कार्यभार समेत सम्हाल्ने भएकि छन् ।
अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नु भएकी पाठकले बैकिङ्ग करियर १९९४ मा नेपाल बंगलादेश बैंकबाट गरेकी थिइनहो । बैंकिङ्ग क्षेत्रका एक अनुभवी एवं कुशल व्यक्तित्वको रुपमा परिचित पाठक ले १० वर्ष सो बैंकमा काम गरेर २००४ मा एनसीसी बैंकमा नायब प्रवन्धक पदमा प्रवेश भएकी हुन् । सहायक पदबाट बैकिङ्ग सेवा शुरु गरेकी पाठक नेपालको निजी क्षेत्रको वाणिज्य बैंकमा नायब प्रमुख कार्यकारी तहमा पुग्नु हुने सम्भवतः पहिलो महिला हुन।