बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रचण्ड: एमालेसँग गठबन्धन हुँदैन

शुक्रबार, साउन १३ २०७९

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् । कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका हुन् ।

एमालेसँग गठबन्धन हुन नसक्ने भएकाले काँग्रेसको विकल्प खोज्न नहुने उनले बताए ।  काँग्रेससँगै सहकार्य गर्ने भएकाले दायाँ–बायाँ नसोच्न नेताहरुलाई प्रचण्डले आग्रह गरे ।