बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्से दुई अंकले घट्दा २७ करोडको सेयर कारोवार

आइतबार, माघ २ २०७३

काठमाडौ माघ २
नेप्से आज दुई दसमलव १४ अंकले घटेर १४ सय ७७ दसमलव ७२ अंकमा भरेको छ । सेन्सिटिभ पनि शुन्य दसमल शुन्य नौ अंकले घटेर तीन सय २० दसमलव पाँच अंकमा झरेको छ । एक सय २२ कम्पनीहरुको २३  सय ७१ वटा कारोवारमा चार लाख ८८ हजार तीन सय ८५ कित्ता सेयर खरिद बिक्री भएकोमा आज २७ करोड ५३ लाख २९ हजार आठ सय ८७ रुपैयाँको कारोवार भएको छ । 
आज सात वटा समुहको कारोवार भएकोमा छ वटा समुहले गुमाएकाछन भने एउटा समुहले कमाएको छ । आज कमाउने कम्पनीको सुचीमा परेको बाँणिज्य बैक समुहको सुचक एक दसमलव ५९ अंकले बढेर १४ सय १९ दसमलव ७९ अंकमा कायम रहेको छ भने १७ करोड ८५ लाख चार हजार रुपैयाँको कारोवार भएको छ । बीमा समुहको सुचक ४४ दसमलव ५२ अंकले घटेर छ हजार आठ सय ९० अंकमा कायम रहेकोमा छ करोड १७ लाख ५८ हजरा रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युत समुहको सुचक १७ दसमलव ५९ अंकले घटेर १७ सय २९ दसमलव ६३ अंकमा कायम रहेकोमा ३६ लाख ३३ हजार ९० रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी बिकास बैक समुहको सुचक  छ दसमलव ९६ अंकले घटेर १५ सय ११ दसमलव ९७ अंकमा कायम रहेकोमा एक करोड ६३ लाख ३२ हजार नौ सय रुपैयाँको सेयर किनबेच भएको छ । 
होटल, फाईनान्स र अन्य समुहको सुचक पनि आज घटेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम     आजको कारोवार  मुल्य     आजको बढेको मुल्य 

१    स्टान्र्डड चार्टड बैक    २१९७                ९.९६
२    हाम्रो बिकास बैक    ४३०                ७.५०
३    भार्गभ बिकास बैक    ३९२                ५.६६
४    लक्ष्मी बैक        ७८४                २.७५
५    देव बिकास बैक    २११                २.४३
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम         आजको कारोवार  मुल्य     आजको घटेको मुल्य 

१    प्रभु बैक            ३९५                ९.८१
२    सहयोगी बिकास बैक        ३३३                ८.७६
३    सगरमाथा इन्स्योरेन्स कम्पनी    ११६०                ४.७६
४    प्राईम कर्मसियल बैक        ४१५                ४.५९
५    प्राईम लाईफ इन्स्योरेन्स    १६२२                ४.०२