काठमाडौ माघ २
नेपाल धितोपत्र बोर्डले भार्गभ बिकास बैकको एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता हकप्रद सेयर निष्काशनको प्रस्ताव स्वीकृत गरेको छ । चुक्ता पुजी हाल १२ करोड रुपैयाँको हाराहारीमा रहेको बैकको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी २४ करोड रुपैयाँ पुग्ने छ ।
बिक्री प्रवन्धककोरुपमा भने एनएमबी क्यापिटल लिमिटेड रहेको छ । बोर्डका अनुसार क्षेत्रियस्तरको कावेली बिकास बैकले भने ५० प्रतिसत अर्थात दुई बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी तीन करोड ५० लाख ८८ हजार रुपैयाँ बराबरको तीन लाख ५० हजार आठ सय ८० कित्ता हकप्र्रद सेयर निष्काशनको माघ गर्दे पुस २४ गते आवेदन दिएको छ ।