बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्सेमा ४४ अंकको पहिरो, सबै सुचक घटेर रातै

मंगलबार, साउन १० २०७९

काठमाडौं – नेप्सेमा पहिरो गएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज मंगलबार भने ४४ दशमलव आठ अंकले घटेर दुई हजार ८८ दशमलव १६ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि आठ दशमलव ९९ अंकले घटेर तीन सय ९८ दशमलव ३९ अंकमा पुगेको छ । आज दुई सय २२ वटा कम्पनीहरुको ६० हजार पाँच सय १७ पटकको कारोबारमा ८७ लाख ४० हजार पाँच सय ५१ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम तीन अर्ब ७० करोड ४९ लाख ९८ हजार तीन सय ९८ रुपैंयाँ पुगेको छ । 

१३ वटा समुहको कारोबार भएकोमा आज १३ वटै समुहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २५ दशमलव २८ अंकले घटेर १३ सय ८६ दशमलव ४२ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि एक सय १४ दशमलव ४१ अंकले घटेर तीन हजार सात सय ५१ दसमलव ११ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ४८ दशमलव ३१ अंकले घटेर दुई हजार चार सय ४० दशमलव ६५ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय तीन दशमलव ५१ अं्रकले घटेर आठ हजार दुई सय ५९ दशमलव ९१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ३३ दशमलव ७१ अंकले घटेर नौं हजार नौं सय दशमलव ६३ अंकमा पुग्दा फाईनान्स, ट्रेडीङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मल्टीपर्पोस फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गणपती लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।