बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

ग्लोबल आइएमई लघुवित्तको नाफा १०.०५ प्रतिशतले विस्तार

मंगलबार, साउन १० २०७९

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तले २५ करोड ५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा १०.०५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले २२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन नाफा २५ दशलब ३१ प्रतिशत र खुद ब्याज आम्दानी २६ दशमलब ९३ प्रतिशतले बढेको छ ।
 
असार मसान्तसम्म आइपुग्दा प्रतिशेयर आम्दानी भने ७ रुपैयाँ ३९ पैसाले घटेर ४५ रुपैयाँ ३४ पैसा (वार्षिक) कायम भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा छ । यसको खराब कर्जा २.६६५ बाट घटेर १ दशमलब ६४ प्रतिशत  पुगेको छ ।