काठमाडौं । आज संसदीय छानबिन समितिको बैठक बस्दैछ ।
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।
अहिलेसम्म अर्थमन्त्रालयको सिसिटिभी फुटेज नपाएपछि सिंहदरबार गेटकै फुटेज मगाएर अनुसन्धान गर्ने छानबिन समितिले निस्कर्ष निकालेको छ । समितिले जेठ १४ र १५ गतेका सिंहदरबारको प्रवेशद्वारको सीसीटीभी फुटेज आइतबार मागेको छ।
समितिका सचिव सुरेन्द्र अर्यालले सिंहदरबारको पश्चिम र दक्षिण गेटको सीसीटीभी माग गरिएको बताए। प्रहरी प्रयोगशालाको छानबिन प्रतिवेदन आउन अझै समय लाग्ने देखिएपछि समितिले सिंहदरबारको दक्षिण र पूर्वी प्रवेशद्वारका सीसीटीभी फुटेज मगाइएको उनले बताए।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ ।
संसदीय छानबिन विशेष समितिसमक्ष गएको बिहीबार बयान दिँदै अर्थ मन्त्री शर्माले प्राविधिक विषयमा आफूलाई केही थाहा नहुने बताएका थिए।
पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।