शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

प्रेस युनियन अध्यक्षमा कांग्रेस संस्थापन इतरका लम्साल विजयी, देउवा पक्षलाई धक्का (निर्वाचन परिणामसहित)

सोमबार, साउन ९ २०७९

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक सस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित भएका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गरिन् ।

कांग्रेस निकट प्रेस युनियनको चुनावमा संस्थापन पक्ष र इतरपक्षले प्यानल नै बनाएर चुनाव लडेका थिए । लम्साल संस्थापन इतर पक्षका उम्मेदवार हुन् । उनी शेखर कोइराला पक्षका हुन् । उनी सँगै पदाधिकारीमा पनि अधिकांश संस्थापन इतरपक्षका उम्मेदवार विजयी बनेका छन् ।

प्रेस युनियनको अध्यक्षमा कोइराला पक्षका लम्साल विजयी भएसँगै प्रधानमन्त्री तथा पार्टी सभापति शेरवहादुर देउवालाई ठूलो धक्का लागेको छ।

युनियनको हेटौँडामा आइतबार सम्पन्न नवौँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा एक हजार ६७९ मतदातामध्ये  एक हजार ३९७ मत खसेको थियो । यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा प्रेम केसी, उपाध्यक्षद्वयमा नकुल अर्याल र भीष्मराज ओझा,उपाध्यक्ष महिलामा सलोजा दाहाल र उपाध्यक्ष समावेशीमा दीपेन्द्र वान्तवा विजयी भएका छन् ।
 
युनियनको महासचिवमा दिलीप पौडेल  र कोषाध्यक्ष माधव धिताल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।  

1-press-union.jpg

2-press-unionn.jpg

3-press-union.jpg

4-press-union.jpg

4-press-union.jpg

6-press-union.jpg

7-press-union.jpg