अछाम । अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।
तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको हो । अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र वुहारी हरिकला विष्टको घटनास्थलमै मृत्युु भएको छ ।
अहिले स्थानीय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नैना विष्ट गम्भीर घाइते छिन्।