काठमाडौं, बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केंद्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार नुवाकोट, मेघाङ गाउपालिका वडा नं. ३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६, बालाजु बस्दै आएका ३६ बर्षिय चन्द्र बहादुर सुनारलाई बैकिङ कसुरको अभियोगमा पक्राउ गरिएको हो ।
सिआईबीका अनुसार सुनारले प्राइम कमर्सीयल वैंक लिमिटेडमा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले वैंकिङ् कसूर मुद्दामा फैसला गर्दै निजलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा जम्मा एक दिन कैद र २४ लाख रुपैंयाँ जरिवाना ठहर गरेको थियो ।
सो पश्चात फरार रहेका सुनारलाई सिआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले शनिबार बालाजुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज आईतबार ललितपुर जिल्ला अदालतमा बुझाएको हो ।