बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मौद्रिक नीति घोषणा संगै नेप्सेमा उछाल

आइतबार, साउन ८ २०७९

६१ अंकले बढ्दा दुई अर्ब ७३ करोड रुपैंयाँको सेयर किनबेच

काठमाडौं,नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक बर्ष २०७९–०८० लागि मौद्रिक नीति घोषणा गरेसंगै नेप्सेमा उछाल आएको छ । सो अनुसार आज आईतबार पहिलो दिन खुलेको नेप्से ६१ दशमलव शुन्य पाँच अंकले बढेर दुई हजार ७८ दशमलव ५१ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि १२ दशमलव नौं अंकले बढेर तीन सय ९८ दशमलव ३३ अंकमा चढेको छ । दुई सय १९ वटा कम्पनीहरुको ४२ हजार नौं सय ३० पटकको कारोबारमा ६४ लाख २३ हजार एक सय ४६ कित्ता सेयर किनबेच किनबेच भएका छन् भने कारोबार रकम दुई अर्ब ७३ करोड नौं लाख २७ हजार दुई सय ९७ रुपैंयाँ पुगेको छ ।

 नेप्सेमा आज १३ वटा समुहको कारोबार हुदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २२ दशमलव ८८ अंकले बढेर एक हजार तीन सय ९० दशमलव १९ अंकमा पुग्दा बिकास बैंक समुहको सुचक पनि एक सय ७७ दशमलव ३२ अंकले बढेर तीन हजार छ सय ५२ दशमलव १३ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ८४ दशमलव पाँच अंकले बढेर २३ सय ८१ दशमलव ८३ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय १७ दशमलव ९९ अंकले बढेर आठ हजार दुई सय ३७ दशमलव ६५ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक दुई सय सात दशमलव ७७ अंकले बढेर नौं हजार आठ सय १९ दशमलव ८२ अंकमा पुग्दा फाईनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन् ।

 नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सेन्ट्रल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनएमबी बैंकको ऋणपत्र पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।