काठमाडौ पुस २८
सनराईज बैक लिमिटेड र प्रभु क्यापिटलबिच सम्झौता भएको छ । बैकले आर्थिक बर्ष २०७२—०७३ मा कायम चुक्ता पूँजीको आधारमा एक बराबर शुन्य दसमलव ३० को अनुपातमा साबिकका शेयरधनीलाई जारी गर्न लागेको प्रति शेयर एक सय रुपैयाँका दरले हुने एक करोड ६३ लाख ५९ हजार तीन सय ३६ हकप्रद शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
नियुक्ति सम्बन्धी सम्झौता पत्रमा बिहिबार सन्राइजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य तथा शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका तर्फबाट महा–प्रबन्धक शंकर प्रसाद कालीकोटाले हस्ताक्षर गरेकाछन । सन्राइजको नवौं वार्षिक साधारण सभाले कम्पनीको अधिकृत पूँजी १० अर्ब पुर्याउने निर्णय गरेको छ ।