काठमाडौ पुुस २७
नेपाल धितोपत्र बोर्डले फाईनान्स कम्पनीहरुलाई पनि आस्वा प्रणालीमा सहभागी गराउने भएको छ । यसअघि क र ख अर्थात बाँणिज्य बैक र बिकास बैकलाई मात्र आस्वामा सहभागाी गराउने निर्णय गरेको बोर्डले फाईनान्स कम्पनीहरुको माग अनुसार ग बर्गका संस्थालाई पनि आस्वामा सहभागी गराउने निर्णय गरेको हो ।
धितोपत्रको सार्वजनिक निष्काशन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त फारम संकलन तथा तत् सम्बन्धी कार्य गर्न धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ को व्यवस्था बमोजिमको यही माघ एक गते देखि आस्वा प्रणाली लागु गर्ने तयारी बोर्डको रहेको छ । आस्वा प्रणाली हाल ऐच्छिक भएकोेले बोर्डले अनिवार्य नगरेसम्म बिद्यमान संकलन केन्द्र सम्बन्धी व्यवस्था मार्फत समेत लगानीकर्ताहरुले सार्वजनिक निष्काशनमा शेयर खरिदका लागि आवेदन गर्न सक्नेछन र यस सम्बन्धमा लगानीकर्ताहरुलाई जानकारी दिनबोर्डबाट सार्वजनिक सूचना समेत प्रकाशन गरिसकिएको
जनाएको छ ।
साथै बोर्डले नेपाल राष्ट्र बैंकबाट “क”वा“ख”वर्गको इजाजतपत्रप्राप्त संस्थाहरुलाई उक्त प्रणालीमा समावेश गरी कार्य अगाडि बढाएकोमा नेपाल वित्तीय संस्था संघको अनुरोधलाई समेत दृष्टिगत गरी आगामी फागुन महिनादेखि नेपाल राष्ट्र बैंकबाट “ग”वर्गका इजाजतपत्र प्राप्त वित्त कम्पनीहरुलाई समावेश गराई यस प्रणालीलाई क्रमशःअनिवार्य गर्ने योजना रहेको बोर्डले जानकारी दिएको छ ।