अबदेखि मर्जर तथा प्राप्ती प्रकृयाको लागि शेयर कारोबार रोक्का नहुने
काठमाडौँ – नेपाल राष्ट्र बैंकले शेयर धितो अर्थात मार्जिन लेण्डिङको एकल ग्राहक कर्जा सिमालाई १२ करोड रुपैंयाँमा नै सिमित राखेको छ । गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक बर्ष २०७९–०८० को लागि मौद्रिक नीति सार्वजनिक गर्दे मार्जिन कर्जामा एकल ग्राहक सिमालाई कायम नैं राखेका हुन ।
गर्भनर अधिकारीले आ.व २०७९–०८० को मौद्रिक नीति सार्वजनिक गर्दे मौद्रिक नीतिले ग्रीन ट्याक्स इकोनोमीको मौस्यौदा तर्जुमा गर्ने नीति पनि अघि सारेका छन् । मौद्रिक नीतिले मर्जर तथा एक्विजिशन प्रयोजनार्थ कारोबार रोक्का गर्ने प्रणाली खारेज भएको छ । मौद्रिक नीतिले पूर्वाधार बैंकलाइ मर्जरमा प्रोत्साहन गर्ने नीति अघि सारेको छ । २०८० असार मसान्तसम्म बैंक तथा वित्तिय संस्थाहरूले जारी गरिएको ऋणपत्रलाइ कर्जा निक्षेप स्रोतको रूपमा गणना गर्न पाइने, बैंक तथा लघुवित्तहरूले २०७९ पुस मसान्तभित्र एकिकृत कारोबार गरेमा मात्र सहुलियत पाइने नीति लिने नीति पनि मौद्रिक नीतिमा उल्लेख छ ।
मौद्रिक नीतिले कोभिड १९ महामारीका कारण स्थिगत गरिएको काउन्टर साइक्लिक बफरलाइ २०८० साउनदेखि कार्यान्वयनमा ल्याउने भएको छ । ब्याजदर तय गर्ने विषयमा पुनरावलोकन गर्ने एवं वैधानिक तरलता अनुापत वृद्धि गरी पुस मसान्तसम्ममा वाणिज्य बैंकले १२ प्रतिशत, विकास बैंक तथा वित्त कम्पनीहरूले १० प्रतिशत पुर्याउनु नीति मौद्रिक नीतिले लिएको छ ।
मौद्रिक नीतिले मर्जर तथा प्राप्ती प्रकृयाको लागि सेयर कारोबार रोक्का हुन प्रणाली खारेज भएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आज शुक्रबार आर्थिक बर्ष २०७९–०८० को लागि मौद्रिक नीति सार्वजनिक गर्दे उक्त प्रणाली अव्यहारिक भएको भन्दै खारेज गरेको जानकारी दिएका हुन ।