काठमाडौँ – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–०८० व्याजदर करिडोर एक दशमलव पाँच प्रतिशतमा कायम गरेको छ । गर्भनर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९–०८० को लागि मौद्रिक नीति सार्वजनिक गर्दे उक्त घोषणा गरेका हुन ।
मौद्रिक नीतिले विस्तृत म्रुद्राप्रदायकको वृद्धिदर १२ प्रतिशत प्रक्षेपण गरेको छ भने खुला बजार कारोबार सञ्चालन गरिने नीति मौद्रिक नीतिले लिएको छ । मौद्रिक नीतिले भारित औषत अन्तरबैंक ब्याजदर यथावत राखेको छ । यसैगरी मौद्रिक नीतिले भुक्तानी कारोबारलाई डिजिटाइजेशन नीति लिएको छ । मौद्रिक नीतिले बैंक तथा लघुवित्तहरूले २०७९ पुस मसान्तभित्र एकिकृत कारोबार गरेमा मात्र सहुलियत पाइने नीति सार्वजनिक गरेको छ ।
यसैगरी मौद्रिक नीतिले कोभिड १९ महामारीका कारण स्थिगत गरिएको काउन्टर साइक्लिक बफरलाइ २०८० साउनदेखि कार्यान्वयनमा ल्याइने नीति अघि सारेको छ भने ब्याजदर तय गर्ने विषयमा पुनरावलोकन गरिने गर्भनर अधिकारीले बताएका छन् । मौद्रिक नीतिले धानिक तरलता अनुापत वृद्धि गरी पुस मसान्तसम्ममा वाणिज्य बैंकले १२ प्रतिशत, विकास बैंक तथा वित्त कम्पनीहरूले १० प्रतिशत पुर्याउनु पर्ने नीति लिएको छ भने अनिवार्य नगद मौज्दात एक प्रतिशत वृद्धि गरेको छ ।