काठमाडौं । एमाले नेतृ तथा सांसद गंगा चौधरीले केही नेताले विदेशीसँग गठबन्धन जोगाउन देशलाई अप्ठ्यारो पर्ने किसिमको नागरिकता ऐन ल्याउन लागेको आरोप लगाएकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले केही दिन अघि विदेशमा गएर नेपाली नेताले सरकार जोगाउन, गठबन्धन जोगाउन आशिर्वाद मागेको र विदेशीको इच्छा मुताविकको नागरिकता विधेयक ल्याएको आरोप लगाइन् ।
आजको संसद बैठकबाट नागरिकता विधेयक पारित गर्ने तयारी छ ।