बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

बुधबार, पुष २७ २०७३

पौष २५, काठमाडौं 
काठमाडौं महानगरपालिकाले देशकै अग्रणी जिएसएम मोबाईल सेवाप्रदायक कम्पनी एनसेललाई गत आर्थिक वर्षमा सबैभन्दा बढि विज्ञापन कर बुझाएबापत सम्मान गरेको छ । काठमाडौं महानगरपालिका कार्यलयले एनसेललाई सोमबार सो सम्मान स्वरुपकदर पत्रप्रदान गरेको छ ।
काठमाडौं महानगरपालिकाको २९ औं महानगर परिषदबाट पारित बजेट, नीतितथाकार्यक्रम सार्वजनिकीकरण समारोहमासो सम्मानप्रदानगरिएको हो । उक्त समारोहकाप्रमुखअतिथी संघीय मामिलातथा स्थानीयविकास मन्त्रिहितराज पाण्डेले एनसेलकासुरक्षानिर्देशक महेन्द्र भट्टचनलाई सो कदर पत्र हस्तान्तरण गरेका थिए ।
कदर पत्रमा लेखिएअनुसार “काठमाडौं महानगरपालिकाकार्यलयलाई आर्थिक वर्ष २०७२÷२०७३ मा विज्ञापन कर तर्फ सबैभन्दा बढि भुक्तानी गरी महानगर निर्माणमा अतुलनिययोगदान गरे बापत”एनसेललाई सम्मानगरिएको हो । महानगरपालिकाकार्यलयकाअनुसार, गतआर्थिक वर्ष २०७२÷२०७३ मा कार्यलयले रु ४ करोड १७लाख विज्ञापन कर संकलन गरेको थियो । कुल संकलित विज्ञापन करको १ तिहाई योगदान एनसेलले गरेको थियो । 
निजी क्षेत्रको पहिलो मोबाईल सेवाप्रदायककम्पनीएनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदातालगायतको सम्मानपाईसकेको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार १ करोड ४३ लाख नेपालीले एनसेलको सेवालिएका छन् ।