बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कोटेश्वरमा टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते 

बिहिबार, साउन ५ २०७९

काठमाडौं । काठमाडौंको कोटेश्वरमा आज बिहान टिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । 

घाइते रामेछाप घर भएका ३१ वर्षीय श्याम बहादुर खड्काको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । 

कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको बा ४ ख ५७ ०३ नम्बरको टिपरले आज बिहान ३ बजे पैदल हिडिरहेका खड्कालाई ठक्कर दिएको थियो । 

टिपर सहित चालकलाई प्रहरी बृत्त नयाँबानेश्वरले नियन्त्रणमा लिएको छ ।