बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एभरेष्ट बैकको सोह्खुट्टेमा एटिएम सेवा सुरु

आइतबार, पुष २४ २०७३

काठमाडौ पुस २४ 
एभरेष्ट बैंकले सोह्रखुट्टेमा नयाँ एटिएम सेवाको उद्घाटन साथै बैंकको कर्पाेरेट धुनको विमोचन गरेको छ । बैकले सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ भारतीय दुतावास, कल्याणकारी विभाग, सोह्रखुट्टेमा आफ्नो  एटिएम सेवा उद्घाटन गरेको हो ।
सेवाको समुद्घाटन डा. राम. एस. सा¨ापुरे (कार्यकारी निर्देशक, पन्जाब नेशनल बैंक ) ले गर्नु भएको थियो । उक्त कार्यक्रममा कर्नल मन राज सिंह मान (विशेष अतिथी) रक्षा सहचरी, भारतीय दुतावास,  सोमेश्वर सेठ (प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट बैंक),  बैंकका संचालहरु लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो । सोहि दिन, बैंक को संचालकहरुको बैठकमा बैंक को कर्पोरेट धुनको पनि विमोचन गरियो जसलाई बैंक ले आफ्नो श्रव्य–दृष्य सामाग्रीहरुमा प्रयोग गर्नेछ । 
बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, पाँच एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।