काठमाडौँ – गायक सन्तोष सानु र गायिका मेलिना राई को सुमधुर स्वरमा सजियको ‘सयौं जुनी ’ बोलको म्युजिक भिडियो आज बाट सार्बजनिक भएको छ । यस गीतमा शब्द सन्तोष सानु र रबिन्द्र आशिष शैलीको रहेको छ भने संगीत गायक स्वयम सन्तोष सानुकै रहेको छ ।
भिडियोमा दिलिप ओखेडा र अन्जु चौलागाईं फिचर्ड रहेको देख्न सकिन्छ । दिपेन बस्नेतले छायाँकन गरेको यस भिडियोलाई व्रोनित बिसुंखेले सम्पादन गरेका हुन् । भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो । भिडियो { Kusama Music / कुसमा म्युजिक } युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।