बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पुस १७ बाट एनसीसीको एकीकृत कारोवार

शनिबार, पुष १६ २०७३

काठमाडौ पुस 
नेपाल क्रेडिट एण्ड कर्मस बैकले यही पुस १७ गतेबाट चार वटा संस्थालाई मर्ज गरी एकीकृत कारोवार सुरु गर्ने भएको छ । राष्ट्र बैकको पछिल्लो बैठकले एनसीसीलाई एकीकृत कारोवार लागि स्वीकृती दिए लगत्तै बैकले कारोवार सुरु गर्न लागेको हो । 
एनसीसीमा ईन्फ्रास्टक्चर डेभलपमेन्ट बैक, एपेक्स डेभलपमेन्ट बैक, सुप्रिम डेभलपमेन्ट बैक र ईन्टरनेशनल डेभलपमेन्ट बैक मर्ज हुन लागेका हुन । यसअघि नै मर्जर प्रकृया सकिने भएपनि एनबी समुहले एनसीसीको मर्जर प्रकृया गलत रहेको भन्दै अदालतमा मुद्धा दायर गरेपश्चात बैकको मर्जर प्रकृया लम्बेको थियो । तर हाल अदालती टुंगो लागेपछि बैकले एकीकृत कारोवारको मिती घोषणा गरेको हो । एकीकृत कारोवार पश्चात बैकको नाम नेपाल कर्मस एण्ड कर्मस बैक रहने छ ।