काठमाडौ पुस
बीमा समितीको अध्यक्ष पदमा डा. रबिन्द्र घिमिरे नियुक्त भएकाछन । मन्त्री परिषदको बिहिबार साँझ बसेको बैठकले घिमिरेलाई समितीको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बीमा समितीको अध्यक्ष पदमा यसअघि प्रा. डा फत्त बहादुर केसीको चार बर्षिय कार्यकाल पुस सात गते सकिए लगत्तै समिती अध्यक्ष बिहिन भएको थियो । नबयिुक्त अध्यक्ष घिमिरे बीमा क्षेत्रका बारेमा पिएचडी गरेका व्यक्ति हुन । उनको कार्यकाल चार बर्षको हुने छ ।