बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

माछापुच्छ्रे वैंक र लिखु २आयोजना बिच सम्झौता

शुक्रबार, पुष १५ २०७३

ग्लोबल हाईड्रोपावर एसोसिएटप्रा.लि. ले प्रवर्धन गर्दै हालनिर्माण गर्न लागेको३३.४ मे.वा. जडित क्षमताको लिखु–२जलविद्युतआयोजनामामाछापुच्छ्रे वैंक लिमिटेडको अगुवाइमा६बैंकतथावित्तीय संस्थाहरुले ४ अर्व ५१ करोड रुपैया कर्जा लगानीगर्ने वारे प्रवर्धक कम्पनि र वैंकहरुविचमिति २०७३÷०९÷१४गते काठमाण्डौंमा सम्झौता सम्पन्नभएको छ ।यसकाअन्य सहभागी बैंक तथावित्तीय संस्थाहरु मेगा बैंक नेपाललि., नेपालएसबिआइ बैंक लि.,  नेपालबंग्लादेश बैंक लि., एभरेष्ट बैंक लि. र भिवोर सोसाइटी डेभलपमेण्ट बैंक लि. रहेका छन् । आयोजनाको लगानी संरचनाअनुसार कुललागतरु. ६ अर्व २ करोड मध्ये ७५ प्रतिशत वैंकतथावित्तीय संस्थाको र २५ प्रतिशतप्रवर्धकको लगानी रहने छ । वैंकहरुद्धारा कर्जा लगानीगर्ने निश्चितभए पछी आयोजनाको निर्माण कार्य अघी बढने निश्चितभएको छ ।
लिखु–२ जलविद्युतआयोजना रामेछाप जिल्लाको गुम्देर गा.वि.स. र सोलुखुम्बु जिल्लाको भकञ्जेगा.वि.स.माअवस्थित छ । २४२ मिटर हेड र १६.५ क्युसेक (डिजाइन डिस्चार्ज) पानीवालुवा थेग्रायाई करिवन७किलोमिटर सुरुङ तथा४८९ मिटर पेनस्टक पाईपको माध्यमद्धारा विद्युतिय उर्जाउत्पादन गरिनेछ । 
अध्ययन अनुसार आयोजनाबाट वार्षिक १८ करोड २५लाख९०हजार युनिट विद्युतीयउर्जा उत्पादनहुनेछ । उक्तउत्पादीतउर्जा नेपालविद्युतप्राधिकरणसँग भएको विद्युतखरिद विक्री सम्झौता(पि.पि.ए) अनुसार न्यू खिम्तीसव स्टेशन सम्मआयोजनाले प्रसारण लाईन निर्माण गरी त्यहाबाट राष्ट्यि प्रसारण प्रणाली मार्फत स्वदेशमै आन्तरिक खपतको लागिवितरण गरीने छ । आयोजना समयमै सम्पन्नगर्न प्रवर्धक कम्पनिले सरकारलाई “परफमेन्स सेक्युरिटी” वुझाएको छ । 
सहभागी बैंकतथावित्तीय संस्थाहरुको तर्फबाटमाछापुच्छ्रे वैंक लिमिटेडका प्रमुखकार्यकारीअधिकृत श्री निरज कुमार श्रेष्ठ र प्रवद्र्धक ग्लोबल हाईड्रोपावर एसोसिएट प्रा.लि. कातर्फबाट अध्यक्षश्री मोतीलाल दुगड बीच सम्झौता आदानप्रदानभएको छ । 
यो लगानी सम्झौताभएको २÷३ महिनाभित्रै आयोजनाकामुख्यसंरचनाहरु निर्माण प्रारम्भ गरी बि.सं.२०७७श्रावण १भित्रै विद्युतउत्पादनगरिने लक्ष्य लिइएको छ ।