बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्से पाँच अंकले बढ्यो

बुधबार, पुष १३ २०७३

काठमाडौ पुस १३
नेप्से पाँच दसमलव ६२ अंकले बढेर १४ सय १३ दसमलव १५ अंंकमा कायम रहेको छ । सेन्सिटिभ पनि आज एक दसलव २१ अंकले बढेर तीन सय चार दसमलव ९४ अंकमा कायम रहेको छ । एक सय २८ कम्पनीहरुको चार हजार ४७ वटा कारोवारमा १४ लाख ९१ हजार छ सय ६४ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम ४६ करोड १२ लाख ८८ हजार आठ सय १० रुपैयाँको सेयर किनबेच भएको छ ।
कुल सात वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढेपछि नेप्से पुरै हरियो भएको छ ।  होटल समुहको सुचक ३९ दसमलव ४५ अंकले बढेर १८ सय २९ दसमलव ५६ अंकमा कायम रहेकोमा ३५ लाख ९७ हजार छ सय ३० रुपैयाँको सेयर किनबेच भएको छ  । जलबिद्युुत समुहको सुचक ३० दसमलव ७१ अंकले बढेर १६ सय ९९ दसमलव ३७ अंकमा कायम रहेकोमा एक करोड ६० लाख ६५ हजार तीन सय रुपैयाँको सेयर किनबेच भएको छ । बीमा समुहको सुचक पनि २९ दसमलव ७१ अंकले बढेर छ हजार चार सय ९९ दसमलव ३६ अंकमा कायम रहेकोमा १३ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी बाँणिज्य बैक समुहको सुचक दुई दसमलव ६८  अंकले बढेर १३ सय ३६ दसमलव ३८ अंकमा कायम रहेकोमा १९ करोड १० लाख ७८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । 
फाईनान्स, अन्य र बिकास बैक समुुहको सुचक पनि बढेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ताछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम     आजको कारोवार मुल्य         आजको बढेको मुल्य 

१    एनबी इन्स्योरेन्स कम्पनी    ६१२            ८.१३
२    नेपाल इन्स्योरेन्स कम्पनी    ७९०            ६.०४
३    ग्रिन डेभलपमेन्ट बैक        ४२०            ५.५३
४    वेष्र्टन डेभलपमेन्ट बैक        ३००            ५.२६
५    एनएलजी इस्न्योरेन्स कम्पनी    १४२५            ५.१७ 
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम         आजको कारोवार मुल्य         आजको घटेको मुल्य 

१    ललितपुर फाईनान्स        १७३                ६.४८
२    युनाईटेड फाईनान्स कम्पनी    १७७                ४.८३
३    सप्तकोशी डेभलपमेन्ट बैक    २४०                ४
४    नयाँ नेपाल लघुबित्त बिकास बैक ९८०                ३.९२
५    कर्णाली बिकास बैक        २०५                ३.७५