काठमाडौं ।
भ्यालिलिंक्स प्रालिका संचालनक किशोर सिलवाल ले संचालन गरेका क्यासिनो भेनस बन्द भएको छ । मल्ल होटल परिसरमा संचालन हुदै आएको उक्त क्यासिनो विवाद सर्वोच्च अदालतमा पुगेको थियो तर संचालनको अवधिमा सरकारलाई तिर्न बाँकि कर १२ करोड रुपैंया नतिरि बन्द भएको पाइएको हो ।सर्वोच्च अदालतको गत असोज ९ गतेको फैसला अनुसार पुस ५ गते मंगलबार प्रहरी प्रशासनले होटल मल्लमा रहेको भेनस क्यासिनोमा ताला लगाएको हो ।
होटल मल्लमा रहेको क्यासिनो भेनस कब्जा गरी किशोर सिलवाल र तप्त बहादुर विष्टले सञ्चालन गर्दै आएका थिए । क्यासिनो सञ्चालन गर्दा हुने आम्दानीलाई आप्mनो व्यक्तिगत कमाई बनाएर विष्ट र सिलवालले सबै रकम कुम्ल्याएका हुन् । अहिलेसम्म पुरानो र नयाँ तथा हर्जना समेत गरी उनीहरुले करिब १२ करोड रुपैयाँ राजस्व तिरेका छैनन् र क्यासिनोमा कार्यरत मजदुरलाई पनि तलबभत्ता चुक्ता गरेका छैनन् । केही मजदुरसँग उल्टै सापटी लिएर खाइदिएको र केही मजदुरलाई सेयर सदस्य बनाएर समेत रकम ठगेको गुनासो गरिरहेका छन् ।
मल्ल होटल र भेनस क्यासिनोको काहानी
किशोर सिलवालद्वारा सञ्चालित भ्याली लिंक्स प्रालिले २०६५ सालमा मल्ल होटलसँग नौ वर्षको लागि सम्झौता गरे पनि केही समय बाँकी रहँदा नै सम्झौता रद्द भएको सूचना जारी गरेको थियो । मल्ल होटलले सञ्चालन गर्न अवरोध गरेको बहाना बनाउँदै सञ्चालक किशोर सिलवालले चलाखीपूर्ण ढंगले भेनस क्यासिनोको प्रत्यायोजित व्यक्तिहरु भन्दै दिपेन्द्र कुमार अग्रवाल, सन्तोष वर, सीताराम अधिकारीको नामबाट निवेदन दर्ता गराएका थिए । बन्द अवस्थामा रहेको मल्ल होटलको क्यासिनो सञ्चालनमा ल्याउनको लागि त्यहाँ रहेका स्थायी कर्मचारीहरुको रोकिएको तलबसुविधा दिने सहमतिबुझाउनुपर्ने करशुल्कहरु निरन्तर बुझाउँदै आएको उल्लेख गरे पनि पनि सरकारले क्यासिनो ऐन गरेको थाहा पाएपछि भ्यालि लिंक्स प्रालिले सर्वोच्चमा निवेदन दिएको हो । निवेदनमा कम्पनीले २०७० जारी गरेपछि भेनस क्यासिनो बन्द रहेको थियो । सरकारले नियमावलीमा उल्लेख शर्तहरु पूरा गर्न नसकिने भन्दै सञ्चालक किशोर सिलवालले बन्द नै गरेका थिए । र उनले त्यसपछिको विद्युत् महसुलदेखि राजस्वसम्मको कुनै पनि शुल्क नदिएको मल्ल होटलले बताएको छ ।
सरकारले जारी गरेको क्यासिनो ऐनमा कम्पनी खोल्नको लागि चुक्ता पुँजी देखाउनुपर्ने, प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने, क्यासिनोमा आउने ग्राहकको विवरण राख्नुपर्ने जस्ता शर्तहरु समावेश गरिएको थियो । त्यसपछि नेपालका सबै क्यासिनोहरुले उक्त शर्तमा रहेर कम्पनी सञ्चालन गर्न नसकिने भन्दै बन्द गराएका थिए । तर त्यसको केही समयपछि सांग्रिला क्यासिनो उक्त नियमावलीमा सञ्चालन हुनसक्छु भन्दै सञ्चालनमा आए । रोयल कयासिनोको मालिक मनोज सुवेदीले सरकारले जारी गरेको ऐनमा क्यासिनो सञ्चालन गर्न नसकिएको क्यासिनो जेजस्तो अवस्थामा रहेका छन् । त्यहीअनुसार नै सञ्चालनको माग गर्दै सर्वोच्चमा निवेदन दिए । त्यसपछि सर्वोच्चले सरकारले तोकेको चुक्ता पुँजीको लागू रोक्का गरी पहिलेकै अवस्थामा सञ्चालनको लागि अनुमति दियो । त्यसपछि किशोर सिलवाल क्यासिनो सञ्चालनको लागि जुर्मुराए । तर मल्ल होटलले भ्याली लिंक्ससँगको सम्झौता खारेज भएको र उसले तिर्नुपर्ने रकम पनि नदिएको भन्दै अर्कोलाई नै दिने उद्देश्यले कर्मचारीसँग सहमति गरेको थाहा पाएपछि, बलजफ्तीसँग क्यासिनो सञ्चालन ग¥यो । मल्ल होटलले आफूसँग भएको प्रमाण देखाउँदै पर्यटन बोर्ड तथा प्रहरीको सहयोग माग्यो । बोर्ड तथा प्रहरीले होटललाई सहयोग पनि दिएका थिए । अमृतबजार मा खबर छ