बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपाल एसबीआई बैकले गर्यो फेवाताल सौन्दर्यकरण परियोजना शुभारम्भ

सोमबार, पुष ११ २०७३

काठमाडौ पुस ११
नेपाल एसबीआई बैंकले पोखरास्थित फेवातालको सौन्दर्य बढाउनका लागि काम शुरु गरेको छ । एस.बी.आई. मुम्बईका नायब प्रवन्ध निर्देशक सिद्धार्थ सेनगुप्ताले पोखरामा आयोजित एक कार्यक्रमका बीच फेवाताल सौन्दर्यकरण परियोजनाको शिलान्यास गर्नु भयो । सो अवसरमा ब्राम्हणहरुद्वारा भुमि पूजा, स्वस्ती वाचन गरिएको थियो भने मंगल धुन पनि बजाइएको थियो । 
बैंकले पोखरा उपमहानगरपालिकासँगको सहकार्यमा फेवातालको सौन्दर्यमा सुधार ल्याउनका लागि सो परियोजना थालेको हो । यसका लागि बैंक र उपमहानगरपालिका बीच गत भदौमा एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीपत्रका अनुसार बैंकले फेवा ताल किनारको फुट ट्रयाकमा कम्तिमा १३ ओटा प्रतिक्षालय (गजेबो), शौचालय, पिउने पानी वितरण कक्ष, स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि बैंकिङ टर्मिनल (सीडीएम÷एटीएम÷बैंकिङ युटिलिटी) निर्माण गर्ने छ भने फेवा किनारलाई फूल तथा हरियालीले सुशोभित गर्नेछ । यसैबीच, बैंकले बाराही घाटमा रहेको उद्धार टावरको जिर्णोद्धार तथा सजावटको काम सम्पन्न गरिसकेको छ । यसरी आफूले निर्माण गरेका सम्पूर्ण संरचनाको रेखदेख तथा सरसफाइको काम आगामी पाँच वर्षसम्म बैंक आफैले गर्नेछ । र, सो कार्यमा लागेको सम्पूर्ण खर्च पनि नेपाल एसबीआई बैंकले नै बेहोर्ने छ ।
सो अवसरमा बैंकले स्टार चिल्डे«न होमलाई पानी ट्यांक, न्याना कपडा, स्कूल ब्याग र स्टेशनरी सामान समेत वितरण गरको थियो । कार्यक्रममा बोल्दै एस.बि.आई., मुम्बईका नायब प्रबन्ध निर्देशक सिद्धार्थ सेन गुप्ताले नेपाली समुदायका लागि प्रभावकारी सामाजिक क्रियाकलाप संचालन गर्ने क्रमलाई नेपाल एसबिआई बैंकले आगामी दिनमा पनि निरन्तरता दिने जनाउनु भयो । क्षेत्रीय प्रशासक खगराज बरालले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अभियानको प्रशंसा गर्दै अन्य व्यवशायिक प्रतिष्ठानहरुलाई समेत यस्ता क्रियाकलापमा सहभागी भई सिंगो पोखरा शहरकै सौन्दर्यकरणमा लागि पर्न आग्रह गर्नुभयो । 
बैंक संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद आचार्यले सामाजिक क्रियाकलापमा सहभागीतालाई बैंकले आफ्नो कर्तब्य मान्ने गरेकै कारण फेवाताल सौन्दर्यकरण परियोजनाको शुभारम्भ गरिएको बताउनु भयो । बैंकका संचालक श्री निरञ्जन कुमार टिवरेवालाले फेवा ताल सौन्दर्यकरणको जिम्मेवारी निर्वाह गर्न पाउँदा आफू गौरवान्वित भएको बताउनु भयो । प्र.जि.अ. श्री हरिप्रसाद मैनालीले नगर सौन्दर्यकरणमा नगरवासीको भूमिका अझ महत्वपूर्ण हुने तर्फ जोड दिनु भयो । नगर प्रमुख श्री नवराज ढुंगानाले बैंकले शुरु गरेको परियोजना आगामी दिनमा यस्तै परियोजना संचालन गर्न चाहनेहरुका लागि नमूना परियोजना बन्ने धारणा राख्नुभयो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत फेवाताल सौन्दर्य परियोजनाको शुरुवात गरेको हो । शिलान्यास समारोहमा एस.बी.आई. मुम्बइका मुख्य महाप्रवन्धक सुजितकुमार वर्मा, एस.बी.आई. मुम्बइका महा प्रबन्धक भी. के. त्यागी तथा नेपाल एसबीआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भट्नागर, संचालक केशवराज आचार्य, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कानुनगो र अन्य कर्मचारीका साथै उच्च सरकारी अधिकारी, व्यवसायी तथा स्थानीय सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो ।