बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एनबी इन्सुरेन्सको अध्यक्ष पदमा ढकाल

सोमबार, पुष ११ २०७३

काठमाडौ पुस ११
एनबी इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा हेमराज ढकाल नियुक्त भएका छन । कम्पनीको पुस १० गते आईतबार बसेको संचालक समितिको ७१र४३औं बैठकको निर्णयानुसार ढकाल सर्वसम्मतीबाट अध्यक्ष पदमा नियुक्त हुनु भएको हो  । 
ढकाल राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायमा संलग्न आईएमई ग्रुप अन्तर्गतको विभिन्न संस्थाहरुमा प्रबन्ध संचालक हुनु । त्यसैगरी काठमाण्डौं फन पार्क (चन्द्रागिरी हिल्स) लिमिटेड लगायत विभिन्न संस्थहरुमा संचालक पदमा कार्यरत छन् । व्यवस्थापनमा स्नातकोत्तर उपाधी हांसिल गरी एक सफल उद्योगी तथा व्यवसायीको रुपमा रहनु भएको हुनाले उहांको नेतृत्वमा कम्पनीले आउंदा दिनहरुमा अझै प्रगती गर्नेछ  । कम्पनीले आ.ब. २०७२।०७३ को बार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । 
त्यसैगरी उक्त समयमा कम्पनीका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले एक बर्ष १० महिना कम्पनीको अध्यक्ष पदमा रही कम्पनीलाई आजको अवस्थासम्म ल्याउन असाध्यै राम्रो नेतृत्वदायी भुमीका खेल्नु भएकोमा उहांको योगदानलाई संचालक समिति तथा कम्पनीको तर्फबाट कदर गर्दै धन्यवाद दिने निर्णय गरेको पनि कम्पनीले जनाएको छ ।