बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रभु बैकको १५ औं बार्षिक साधारण सभा सकियो

शनिबार, पुष ९ २०७३

काठमाडौ पुस ९
प्रभु बैकले १५ औै बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैकले केन्द्रिय कार्यालयमा सञ्चालक समितीमा अध्यक्ष देवीप्रकाश भट्टचनको सभापतित्वमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले आवश्यक छलफल तथा निर्णयार्थ प्रस्तुत सम्पूर्ण प्रस्तावहरु पारित गर्दे विशेष प्रस्ताव अन्तर्गत बैंकले जारी तथा चुक्तापँजी पाँच अर्ब ८८ करोड १४ लाख दुई हजरा रुपैयाँबाट बृद्धि गरी आठ अर्ब २३ करोड ३९ लाख ६२ हजार आठ सय रुपैयाँ पुर्याउन १० बराबर चारको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरेको छ । बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने,एक्विजिसन(प्राप्ति) तथा खरिद गर्ने प्रक्रिया अगाडि बढाउनको लागि सञ्चालक समितीलाई अख्तियारी दिने निर्णय गरेको छ । साधारण सभाले ६ जना सञ्चालकहरु निर्विरोध निर्वाचित गरेको छ । जसमा संस्थापक शेयधनीहरुको तर्फबाट देवीप्रकाश भट्टचन, पुष्पबहादुर प्रधान, अम्बिकाशर्मा लामिछाने र  रमेश सिंह खड्का र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट  कुसुम लामा र दक्ष पौडेल (सुभाष) निर्वाचित भएकाछन । साथै सोही दिन बसेको नवनिर्वाचित संचालक समितिको बैठकले देवीप्रकाश भट्टचनलाई अध्यक्षमा सर्वसहमतिका साथ चयन गरेको बैकले जनाएको छ ।