काठमाडौ पुस ७
नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट ( एनबिआई) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) बिच सम्झौता भएको छ । सम्झौताको प्रमुख उद्देश्य वित्तीय क्षेत्रमा हुने अपराधहरु रोक्नु र भएका अपराधहरुको अनुसन्धान गर्न अनुसन्धान अधिकारीहरुलाई सक्षम र सबल बनाउनु रहेको एनबिआईद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्तीमा उल्लेख भए अनुसार एनबिआईले संयुक्तरुपमा लाभदायक रणनीतिक साझेदारी अन्र्तगत सिआईबी ले छनौट गरेर पठाइएका अनुसन्धानमा संलग्न हुने कर्मचारीहरु तथा अधिकारीहरुलाई अन्र्तराष्ट्रिय चासोका विषयहरु मध्येको एक सम्पती सुद्धीकरणका बिषयमा तालिम कार्यक्रमहरु उपलव्ध गराउने छ । यसको अतिरिक्त बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यहरु लगायत विभिन्न जोखिमयुक्त विधाहरुमा ज्ञान हासिल गर्नका साथै उक्त विषयहरुमा दक्षता प्रदानगर्न मद्दत पु¥याउने हेतुले सिआईबीको लागि अन्य तालीम कार्यक्रमहरु पनि सञ्चालन गरिने छ ।
सम्झौतामा हस्ताक्षर गर्दै एनबिआईका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले देशको शीर्ष बैंकिङ्ग प्रतिष्ठानको रुपमा रहेको यस संस्थाको मुख्य उद्देश्य भनेको प्रथमतः बैंक तथा वित्तीय संस्था एवं नियामक निकाय, नीति निर्माता तथा कानून कार्यान्वयन ईकाइहरु लगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्षहरुको दक्षता अभिवृद्धि गर्नु रहेको जानकारी गराउनु भयो । उहाँले वित्तीय कारोवारको दायरा बृद्धिसंगै बैंक तथा वित्तीय क्षेत्रमा ठगी तथा घोटालाका घटनाहरु र अन्य वित्तीय अपराधहरु बढेको अवस्थामा सम्झौताले यसलाई न्युनीकरण गर्न सहयोग पुग्ने धारण व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा सिआईबीका डि.आई.जि.पि. नवराज सिलवालले यस समझदारीले वित्तीय क्षेत्र सम्बद्ध अपराध अनुसन्धानमा सक्रिय अधिकारीहरुलाई अपराधको प्रकृति अध्ययन तथा अनुसन्धान गर्न अवश्यक ज्ञान तथा सीप उपलव्ध गराउन एउटा बाटो हुने धारणा राख्नु भयो । साथै उहाँले क्षमता अभिवृद्धि कार्यक्रमले केन्द्रीय अनुसन्धान ब्युरो टोलीलाई थप परिपक्वता माथिल्लो तहमा पुग्न मद्दत पुग्ने विचार व्यक्तगर्नु भयो ।