काठमाडौ पुस ७
नबिल बैकले ग्रुप फोर सेक्युरिटिजका सुरक्षकलाई सम्मान गरेको छ । बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालद्वारा जि. फोर. एस. सेक्युरिटि सर्भिसेज नेपालका सुरक्षक यदुनाथ पोखरेल सम्मानित भएका हुन ।
नबिल बैंकका संचालक समितिका अध्यक्ष पौड्यालले २०७३÷०८÷२९ मा बैंकका उच्च पदस्थ कर्मचारीहरु बीच जि. फोर. एस. सेक्युरिटि सर्भिसेज नेपाल प्रा. लिबाट बैंकको कान्तिपथ शाखामा खटाइनु भएका सुरक्षक यदुनाथ पोखरेललाई उहा“ले गर्नु भएको सहृानिय कार्यका लागि सम्मान गर्दै नगद पुरस्कार ५०,००० सहित प्रशंसा पत्र प्रदान गर्नुभएको हो ।
पोखरेलले १० नोभेम्बर २०१६ मा बैंकको कान्तिपथ शाखाको ए. टि. एम. बुथमा भएको गतिविधिमा शंका लागि तुरुन्त खवर गर्नु भएको र उक्त गतिविधिमा संलग्न व्यक्तिहरु उपर निगरानी राख्नुभई उनीहरु बसेका होटल पत्ता लगाई संदिग्ध व्यक्तिहरुलाई पक्राउ गर्न बहादुरी पूर्वक सहयोग गर्नुका साथै ए.टी.एम.को सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो ।
संचालक समितिका अध्यक्ष पौड्यालले बैंकको यस प्रकारको सम्मानले सुरक्षा कार्यमा संलग्न सम्पूर्ण व्यक्तिहरुलाई आफनो कार्यमा अझ दत्तचित्त भई काम गर्न र कुनैपनि शंकास्पद गतिविधिलाई निगरानी गरी बैंक र ग्राहकको सुरक्षामा अझ बढि सचेत हुन उत्प्रेरित गर्ने बिश्वास व्यक्त गर्नु भयो । सम्मानित पोखरेलले बैंकको यस्तो कदमले अझ थप हौसला प्राप्त भएको र अझ बढि जिम्मेवारी पूर्वक काम गर्ने जिम्मेवारी थपेको व्यक्त गर्दे आफूलाई सम्मानित गरेकोमा बैंक प्रति कृतज्ञता समेत व्यक्त गर्नुभयो ।