काठमाडौ पुस ७
आज भने नेप्सेमा सुधार देखिएको छ । नेप्से चार दसमलव ७८ अंकले बढेर १४ सय ७५ दसमलव ४१ अंकमा कायम रहेको छ । सेन्सिटिभ पनि एक दसमलव दुई अंकले बढेर तीन सय १८ दसमलव ७६ अंकमा कायम रहेको छ ।
एक सय ३८ कम्पनीहरुको तीन हजार नौ सय ९७ वटा कारोवारमा सात लाख ६९ हजार नौ सय २० कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम ५० करोड २२ लाख ३२ हजार आठ सय आठ रुपैयाँको सेयर किनबेच भएको छ । आज आठ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको कारोवार बढेर बाँकी समुहको कारोवार घटेको छ । बाँणिज्य बैक समुहको सुचक दुई दसमलव ९२ अंकले बढेर १३ सय ९८ दसमलव ७० अंकमा कायम रहेकोमा १५ करोड ५५ लाख ३२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक पनि पाँच दसमलव ८४ अंकले बढेर १५ सय ४४ दसमलव ४४ बिन्दुमा कायम रहेकोमा सात करोड छ लाख ४३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । उत्पादनमुलक र अन्य समुहको सुचक पनि आज बढेको छ । गुमाउने कम्पनीको सुचीमा परेको बीमा समुहको सुचक नौ दसमलव ४८ अंकले घटेर छ हजार नौ सय ७२ दसमलव २९ अंकमा कायम रहेकोमा ११ करोड ४१ लाख ८५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युत समुहको सुचक पनि १५ दसमलव ३१ अंकले घटेर १७ सय ४३ दसमलव ५४ अंकमा कायम रहेकोमा चार करोड ३७ लाख ७० हजार सात सय रुपैयाँको सेयर किनबेच भएको छ । आज होटल र फाईनान्स समुह अन्र्तगत पर्ने कम्पनीहरुले पनि गुमाएकाछन ।
यि हुन आज कमाउने र गुमाउने कम्पनीहरु
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको मुल्य
१ एनबी इन्स्योरेन्स कम्पनी ४७८ ७.९०
२ ग्रिन डेभलपमेन्ट बैक ४०५ ६.५८
३ भागर्भ बिकास बैक ४३६ ४.३१
४ एक्सेल डेभलपमेन्ट बैक ५९० ४.२१
५ राष्ट्रिय बीमा कम्पनी (संस्थापक) ११३४३ ४.०४
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ माउन्ट मकालु डेभलपमेन्ट बैक ६९० ५.७५
२ आईएलएफसिओ माईक्रो फाईनान्स ६६२ ५.४२
३ सप्तकोशी डेभलपमेन्ट बैक ४३५ ५.०२
४ हिमालयन डिष्ट्रिलरी प्रालि ७५० ३.८४
५ कञ्चन डेभलपमेन्ट बैक ३१२ ३.७०