बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पाँच अर्बको निक्षेप उपकरण अहिले केही समय भित्रमा

बिहिबार, पुष ७ २०७३

काठमाडौ पुस ७
अहिले केही समय भित्रमा नै नेपाल राष्ट्र बैकले पाँच अर्ब  रुपैयाँ बराबरको निक्ष्ोप संकलन उपकरण बिक्री गर्न लागेको छ । राष्ट्र ऋण व्यवस्थापन बिभाग अन्र्तगत राष्ट्र बैकले आज दिउँसो दुई बजेसम्म बोलकवोलको माध्यमद्धारा निक्षेप संकलन उपकरण बिक्री गर्न लागेको हो । 
बाँणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुलाई ९० दिनको लागि उक्त उपरकरण बिक्री गर्न लागेको राष्ट्र बैकले जानकारी दिएको छ । निक्षेप उपकरण खरिद गर्र्ने बैक तथा फाईनान्स कम्पनीहरुले लगानी गर्न चाहेको रकम र  व्याज उल्लेख गरी राष्ट्र बैकमा आवेदन दिनु पर्ने छ । घटीमा पाँच करोड र बढीम पाँच करोड रुपैयाँले निशेष भाग जाने अंकसम्मको सिमामा रहेर आवेदन दिनुपर्ने छ । राष्ट्र बैकका अनुसार निक्षेप उपकरणको सावाँ तथा व्याज भुक्तानी अवधि आगामी २०७३ चैत्र  ९ गते तोकिएको छ । खरिद गरिएको उपकरण बोलकवोलवालाको लगानी हुने भएकोले उक्त रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाईन तर तरलता अनुपातमा भने गणना गर्न पाईने राष्ट्र बैकले जानकारी दिएको छ । यसैगरी खरिद गरिएको उपकरण राष्ट्र बैक बाहेकका अन्य बैक तथा फाईनान्स कम्पनीह्रुमा धितोकोरुपमा प्रयोग गर्न भने सकिने छ ।