बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बजारमा लगानी योग्य रकमको अभाव, एक अर्बको रिर्भस रिपो बिक्री

बुधबार, पुष ६ २०७३

काठमाडौ पुस ७
बजारमा लगानीयोग्य रकमको अभाव भएपछि नेपाल राष्ट्र बैकले आज एक अर्ब रुपैयाँको रिर्भस रिपो बिक्री गरेको छ । बैकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव भएपछि बोलकवोलको माध्यमद्धारा बाणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुलाई रिर्भस रिपो बिक्री गरेको राष्ट्र बैकले जानकारी दिएको छ ।  
राष्ट्र बैकका अनुसार रिर्भस रिपोको परिपक्व हुने अवधि सात दिन अर्थात पुस १३ गतेसम्म रहेको छ । यसअघि भने बजारमा अधिक तरलताको अवस्था कायम रहंदा बिभिन्न किसिमका टे«जरी बिल्सहरु बिक्री गरेर राष्ट्र बैकले अधिक तरलता खिचेको थियो । तर हाल भने ठिक उल्टो तरलताको अभाव भएपछि रिपो बिक्री जारी गरेर बजारमा लगानीयोग्य रकम पठाएको हो ।