बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्से २५ अंकले घट्यो, ४८ करोडको कारोवार

बुधबार, पुष ६ २०७३

काठमाडौ पुस ६
नेप्से सुचक तथा कारोवार रकम दुबैमा आज उच्च अंकले गिरावट आएको छ । नेप्से २५ दसमलव ३६ अंकले घटेर १४ सय ७० दसमलव ६३ बिन्दुमा कायम रहेको छ । सेन्सिटिभ पनि पाँच दसमलव ८४ अंकले घटेर तीन सय १७ दसमलव ५६ बिन्दुमा कायम रहेको छ । एक सय ३१ कम्पनीहरुको चार हजार चार सय २२ वटा कारोवारमा छ लाख ९६ हजार छ सय ७२ कित्ता सेयर खरिद बिक्री भएकोमा ४८ करोड १२ लाख ११ हजार एक सय ११ रुपैयाँको सेयर किनबेच भएको छ । 
नेप्सेमा आज नौ वटा समुहको कारोवार भएकोमा टे«डिङ र होटल समुहको कारोवारमा सामान्य बढेको छ भने बाँकी समुहको कारोवार घटेको छ । बीमा समुहको सुचक एक सय ७८ दसमलव ६८ अंकले घटेर छ हजार नौ सय ८१ दसमलव ७७ अंकमा कायम रहेकोमा १२ करोड १७ लाख ९७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । उत्पादनमुुलक समुहको सुचक ८६ दसमलव १४ अंकले घटेर २१ सय दुुई दसमलव ९० अंकमा कायम रहेकोमा ५२ लाख २० हजार पाँच सय ४० रुपैयाँको सेयर किनबेच भएको छ ।  बाँणिज्य बैक समुहको सुचक २७ दसमलव ३२ अंकले घटेर १३ सय ९५ दसमलव ७८ अंकमा कामम रहेकोमा २३ करोड तीन लाख २१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । 
होटल र टेडिङ समुहको कारोवार सुचक सामान्य अंकले बढेको छ भने बिकास बैक, जलबिद्युत , फार्ईनान्स र अन्य समुहको सुचक उच्च अंकले घटेको छ । आज बढी कमाउने र गुमाउने कम्पनीहरुमा यि कम्पनीहरु परेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम     आजको कारोवार मुल्य         आजको बढेको मुल्य 
१    नागेवली लघुबित्त बिकास बैक    ३४५६            ९.९९
२    एनबी इन्स्योरेन्स कम्पनी    ४४३            ९.९३
३    मेरो माईक्रो फाईनान्स        ४८७            ७.९८
४    अरुण फाईनान्स        १७१            ३.६४
५    साल्ट टे«डिङ कर्पोरेसन        २३१            ३.५९
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम         आजको कारोवार मुल्य         आजको घटेको मुल्य 
१    रिलायवल माईक्रो फाईनान्स        १२३६            ८.६४
२    राप्तीभेरी बिकास बैक            ३४२            ७.५६
३    युनीलिभर नेपाल लिमिटेड        २६७६०            ५.८४
४    र्मिमिरे माईक्रो फाईनान्स        १७५०            ५.७१
५    नमस्ते बित्तीय संस्था