काठमाडौं । आज प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दैछ ।
सिंहदरबारस्थित संसदीय सचिवालयमा बिहान १० बजे बस्ने बैठकमा एसपीपीबारे सरकारको निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवासँग आसन्न अमेरिका भ्रमण छलफलको एजेण्डा रहेको छ ।
देउवालाई भ्रमणका सन्दर्भमा उठेका सवालहरूको जवाफका लागि बोलाइएको हो ।
शुक्रबार बसेको समितिको बैठकले एसपीपीबारे सरकारको निर्णय औपचारिक रूपमा समितिमा पेस गर्न निर्देशन दिएको थियो ।
उक्त बैठकले सरकारको भनाइ मौखिकरूपमा नभइ निर्णयका रूपमा आउनुपर्ने ठहर गरेको थियो ।
यसअघि परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालगायतसँग एसपीपीका सवालमा छलफल भइसकेको छ ।