बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कृषि विकास बैंक लि.को ब्राण्ड एम्बेसडरमा दिपक राज गिरी

सोमबार, पुष ४ २०७३

काठमाडौ पुस ४ 
कृषि विकास बैंकको ब्राण्ड एम्बेसडरमा दिपक राज गिरी र दिपा निरौला नियुुक्त भएकाछन । कृषि विकास बैंक लि. र आमा सरस्वती मूभिज प्रा.लि.संचालक विच बैंकले उपलब्ध गराउने सेवा सुविधाहरुको बारेमा शहर देखि गाउँ सम्मका आम जनसमुदाय  तथा ग्राहक समक्ष सहज ढंगबाट जानकारी प्राप्त हुन सकोस भनि ब्राण्ड एम्बेसडरको रुपमा कार्य गर्न आज  सोमबार निरौला र गिरी संग सम्झौता गरेको हो । 
बैंकका प्रमुख कार्यकारी अधिकृ लिला प्रकास सिटौलाको सम–उपस्थिीतिमा सो सम्झौतामा कृषि विकास बैंक लि.का तर्फबाट उप–महाप्रबन्धक दिलिप सिंह थापा र  आमा सरस्वती मूभिज प्रा.लि. को  तर्फबाट दिपक राज गिरी र दिपा निरौलाले हस्ताक्षर गर्नु भएको छ  । सो सम्झौता पश्चात बैंकले पु¥याउंदै आएको बैंकिङ्ग सेवा सुविधा लगायत भविष्यमा उपलव्ध हुन सक्ने थप सेवा सुविधाहरुको बारेमा सजिलै जानकारी गराउन सकिने भएको छ । उक्त अवसरमा बैकका उप–महाप्रबन्धकहरु शेषरमण आचार्य, नरेश कुमार रोका , विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ, शाखा प्रमुख हिमलाल पौडेल, नारायण आचार्य  र शा.अ खेटराज दाहाल , तारा न्यौपाने, अहिल्या अमात्य र शान्ता सुवेदी समेतको उपस्थिती रहेको थियो ।