काठमाडौ पुस ४
जनता बैंक नेपाल लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै लाने क्रममा सिराहा जिल्लाको लहानमा आप्mनो ३९ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको लहान शाखाको समुद्घाटन आज एक समारोहकाबिच यस बैंकका सञ्चालकद्वय भीमानन्द ढुङ्गानार ई.रामचन्द्र शाहले संयुक्तरूपमागर्नु भयो । गत आर्थिक बर्षमा बैकले ३२ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
हाल बैंकको पूर्वमा मेचीको ताप्लेजुङ्गदेखि पश्चिममा महाकालीको दार्चुलासम्म गरी ३९ वटा शाखाहरु, ३० वटा ए.टि.एम, १५ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथामोवाईल बैंकिङ्गमार्फत ग्राहकवर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । बैंकले यस आर्थिक वर्षभित्र महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौडा लगायत उपयुक्त स्थानहरुमा शाखाहरु थप गर्ने, थप ए.टि.एम. राखी नेटवर्क विस्तार गर्ने, देशको ग्रामिण क्षेत्रमा शाखारहित बैंकिङ इकाइहरु स्थापनागर्ने, बचत निक्षेप संकलन र कृषितथा सानाउद्यमकर्जा परिचालनमाजोड दिने र बैंकको मुनाफामा थपअभिबृद्धि गर्ने बैंकको योजना रहेको छ ।