बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सुनवलस्थित तुरिया खोलाको डाईभर्सन बाढीले बगायो,  पूर्वपश्चिम राजमार्ग अवरुद्ध

शुक्रबार, असार ३ २०७९

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलस्थित तुरिया खोलामा रहेको डाईभर्सन बाढीले बगाएको छ ।

बिहीबार राति परेको भारी वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि रातिदेखि नै सवारी आवागमन रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

डाईभर्सन बगाएपछि सवारीसाधनलाई सुनवल चोकबाट देवकोटा चोक स्कुल पछाडिबाट खकरीबारी गैडाखाल हुँदै तुरीयाको पारी फर्त निस्कने ब्यबस्था मिलाईएको प्रहरीले जानकारी दिएको छ । 

पूर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडकखण्ड हाल विस्तारका क्रममा रहेकोले खोलामा नयाँ पुल निर्माणको अन्तिम चरणमा पुगीसकेकोले हाललाई बैकल्पीक मार्गबाटै आवतजावत गर्ने व्यवस्था मिलाएर केही दिनमा पुल सुचारु गर्ने बताईएको छ । 

उक्त सडक अवरुद्ध भएकाले पूर्वबाट आउने सवारी साधनहरु भुमही–परासी सडक खण्ड हुँदै र बुटवलबाट पूर्वतर्फ जाने सवारी साधनहरु भैरहवा–परासी हुँदै आउ–जाउ गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।