शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विश्वकाे शान्तिप्रिय देशकाे सूचीमा नेपाल ७३ औँ स्थानमा

शुक्रबार, असार ३ २०७९

काठमाडौँ – काठमाडाैँ- विश्वकाे शान्तिप्रिय देशकाे सूचीमा नेपाल ७३ औँ स्थानमा परेकाे छ। ग्लाेबल पिस इन्डेक्सका अनुसार नेपालले ७ स्थान सुधार गरी ७३ औँ स्थानमा आउन सफल भएकाे हाे।

इन्डेक्सले सन् २०२२ मा सार्वजनिक गरेकाे तथ्यांकमा सबैभन्दा शान्तिप्रिय देश आइसल्याण्ड रहेकाे छ। आइसल्याण्ड यसभन्दा अगाडि पनि पहिलाे स्थानमै थियाे।

यसैगरी, न्युजिल्याण्ड, आयरल्याण्ड, डेनमार्क, अस्ट्रिया, पोर्चुगल, स्लोभानिया, चेक गणराज्य, सिङ्गापुर र जापान क्रमश दाेस्राेदेखि दसाैँ स्थानमा छन्।

तथ्यांकअनुसार सबैभन्दा अशान्त देश भने अफगानिस्तान रहेकाे छ। यमन, सिरिया र रुस क्रमश: दाेस्राेदेखि चाैथाे स्थानमा छन्।

भारत १ सय ३५ औँ स्थानमा छ। गत वर्ष भारत १ सय ३८ ‍औँ स्थानमा थियाे। ग्लोबल पिस इन्डेक्सले हरेक वर्ष विभिन्न मापदण्डकाे अध्ययन गरी सूची निकाल्दै आएकाे छ।