काठमाडौ पुस ४
नेपाल स्टक एक्सचेज्न लिमिटेडले २०७२—०७३ मा एक खर्ब ६३ अर्ब ९५ करोड रुपैयाँको सेयर किनबेच भएको जानकारी दिएको छ । नेप्सेका अनुसार यो कारावार रकम अघिल्लो आर्थिक बर्षको तुलनामा एक सय ५० दसमलव ९६ प्रतिसतले बढी हो ।
यसैगरी दैनिक औसत सेयर कारोबार रकम अघिल्लो आवको ३० करोड २८ लाख रुपैयाँबाट बढेर आव २०७२—०७३ मा ७० करोड ६६ लाख रुपैयाँ पुगेको छ । धितोपत्रको दोस्रो बजार गतिविधि अन्र्तगत आव २०७१—०७२ मा ६५ अर्ब ३३ करोड बराबरको सेयर भएकोमा आव २०७१—०७२ मा चार लाख ७७ हजार दुुई सय ७८ वटा कारोबारबाट १५ करोड ९७ लाख १७ हजार एक सय ७४ कित्ता शेयर खरिद बिक्री भएकोमा आव २०७२—०७३ मा आठ लाख ३१ हजार नौ सय ९७ वटा कारोबारबाट ३० करोड २० लाख २० हजार नौ सय ५० कित्ता शेयर किनबेच भएको छ । अघिल्लो आवको तुलनामा आव २०७२—०७३ मा कारोबार संख्यामा ७४ दसमलव ३२ प्रतिशतले वृद्धि भएको छ र कारोबार भएको शेयर कित्तामा ८९ दसमलव नौ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेमा २०७१—०७२ मा नौ खर्ब ८९ अर्ब रहेको बजार पुँजीकरणमा ९१ दसमलव तीन प्रतिशतले वृद्धि आई आ.व. २०७२—०७३ मा १८ खर्ब ९० अर्ब कायम भएको छ । गत आवमा नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या दुुई सय ३२ रहेकोमा आ.व. २०७२—०७३ मा थप १५ वटा कम्पनी सूचीकृत भएका छन् भने १८ कम्पनीहरु मर्ज तथा प्राप्ती भई यो संख्या दुई सय २९ कायम भएको छ । समीक्षा वर्षमा एक सय २८ कम्पनीको २१ अर्ब दुई करोड बराबरको बोनस शेयर एवम २८ कम्पनीको तीन अर्ब ७४ करोड ७७ लाख बराबरको हकप्रद शेयर सूचीकृत भएको छ । नेप्से परिसूचक आ.व. २०७१—०७२ को अन्त्यमा नौ सय ६१ दसमलव २३ पुगेको थियो भने समीक्षा वर्षको अन्त्यमा १७ सय १८ दसमलव १५मा आइपुगेको थियो । उक्त परिसूचक अघिल्लो आवको तुलनामा आ.व. २०७२—०७३ मा ७८ दसमलव ७४ प्रतिशतले बढेको छ । नेप्सेले आ.व. २०७१—०७२ मा ३८ करोड २६ लाख आम्दानी गरेकोमा आव २०७२—०७३ मा यस्तो आम्दानी बढेर ७८ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
व्ययतर्फ आव २०७१—०७२ मा सात करोड ३२ लाख व्यय भएकोमा आव २०७२—०७३ मा सात करोड २२ लाख व्यय भएको छ । आव २०७१—०७२ मा २१ करोड ५० लाख खुद नाफा भएकोमा आव २०७२—०७३ मा ४८ करोड ९६ लाख खुद नाफा भएको छ । नेप्सेकोे खुद नाफा रकमबाट निश्चित रकम साधारण जगेडा कोषको रुपमा छुट्याउने प्रावधान अनुरुप आव २०७१—०७२ मा साधारण जगेडा कोषमा चार करोड ३० लाख व्यवस्था गरिएकोमा आव २०७२—०७३ मा नौ करोड ७९ लाख व्यवस्था गरेको छ ।