बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

तस्करको सेटिङमा आइजिपी बन्ने खेलमा चन्द

सोमबार, पुष ४ २०७३

काठमाडौं । त्यो बेला लोकमान सिंह कार्कीको नकारात्मक कुराहरु प्रकाशमा आएकै थिएन । व्यापारी प्रकाश टिवडेवालसँगको एलसी काण्ड अघि र पछि शुरु भएको संस्थागत सुन तस्करी अहिलेसम्म पनि नेपालमा कायमै छ । सुन तस्करीबाट उकालो यात्रा गरेका दीपक मल्होत्रालाई अहिले नेपालमा उद्योगी व्यवसायीका रुपमा चिन्ने गरिन्छ । सुन तस्करीको यो श्रृंखलामा बामदेव गौतमका छोरालगायत पनि यात्रा गरिरहेका छन् । 
लोकमान सिंह कार्की भन्सार विभागको महानिर्देशक हुँदादेखि नै शुरु भएको सुन तस्करी अझै रोकिएको छैन । एलसी काण्ड त्यही बेला विवादास्पद भएर समाप्त भयो । लोकमान र दीपक मल्होत्राबीचको सम्बन्धको गुत्थी त्यतिमै समाप्त हुँदैन । किनभने लोकमानका लागि अहिले पनि पैसाको खोला बगाउन तयार हुने नेपालका कुख्यात व्यापारीमा दीपक एक नम्बरमै पर्छन् । 
महाभियोगको प्रकरणले बजार नलिएको भए पक्कै पनि अहिले लोकमान अख्तियारको पहिलो तल्लाको दक्षिणतर्फको कोठामा बसेर कसलाई मुद्धा लगाएर जाक्ने र कसलाई छाड्ने भन्ने योजना बनाइरहेका हुने थिए । ठीक यहि बेला नेपाल प्रहरीका नयाँ आइजिपी बनाउने खेलले पनि मूर्त रुप लिन थियो । त्यसका एक नम्बर खेलाडी लोकमान सिंह कार्की नै हुने थिए । लोकमानलाई भिटामिन खुवाउन दीपक मल्होत्रा उनको निवासमा सिंगल माल्ट रक्सी लिएर पुग्ने थिए । 
आउँदो पुस ७  गते अख्तियार प्रमुख कार्कीको शुरुवाती नियुक्तिको प्रक्रियाबारे परेको रिटको सुनवाई हुँदैछ । सो रिटमा सर्वोच्चले गर्ने फैसलाका आधारमा लोकमानको मिति महाभियोग अघि नै समाप्त पनि हुन सक्छ । 
लोकमानको छत्रछायाँमा जीवन सुधारेका दीपक मलहोत्रा यति बेला एउटा च्याखे दाउ बोकेर विभिन्न शक्तिकेन्दमा धाइरहेका छन् । दीपक अहिले नेपाल प्रहरीका डिआइजी जयबहादुर चन्दलाई आइजिपी बनाउने खेलामा लागि परको छन् । त्यसका लागि चन्दका लागि २५ करोडसम्म लगानी गर्न तयार छन् । स्रोतका अनुसार आउँदो फागुनमा आइजिपी उपेन्द्रकान्त अर्याल रिटायर्ड हुनुअघि नै चन्दलाई आइजिपी बनाउने तयारीमा छन् । 
यदि लोकमान सिंह कार्की पावरमा भइदिएको भए मल्होत्रालाई कुनै गाह्रो हुने थिएन । लोकमानको समानान्तर सरकारको दूरुपयोग गरेर दीपकले आइजिपीमा खेल गरिसक्थे । तर अहिले अवस्था प्रतिकुल छ । प्रहरीसँगको साँठगाँठकै आधारमा दीपकले अकुत सम्पत्ति आर्जन गरेका हुन् । चन्दलाई आइजिपी बनाउन सक्दा मल्होत्राको सेटिंग थप केही वर्षका लागि स्पष्ट हुन सक्छ । 
तर मल्होत्राले भने झै केही पनि अनुकुल छैन । प्रधानमन्त्रीदेखि नेपाली कांग्रेसका वरिष्ठ नेताहरु चन्दलाई आइजिपी बनाउने खेलमा छैनन् । उनीहरु चन्दलाई आइजिपी बनाउन  हुँदैन भन्ने पक्षमा छन् । तर गृहमन्त्री विमलेन्द्र निधिको कुनै नियम छैन । जसले राम्रो व्यवहार (पैसा) गर्छ उसैलाई आइजिपी बनाउने निधिको योजना रहेको स्रोतको दावी छ । 
लागू औषधि नियन्त्रण ब्यूरोमा हुँदा मात्रै होइन विभिन्न जिल्लामा हुँदा पनि विवादै विवादले घेरिने डिआइजी चन्दकालागि आइजिपीसम्मको यात्रा सजिलो नरहको बताइन्छन । पर्सा हुँदा घुमुवा राखेर चन्दले अकुत सम्पत्ति कमाएका थिए । रड, सिमेन्ट समेत पर्साबाटै तस्करको उपहारमा काठमाडौ पठाएर आलिसान महल बनाएका थिए । त्यो बाहेक उनी जुन जुन निकायमा प्रमुख भएर जाने गर्थे, ति सबै ठाउँमा चन्दले पैसा मात्रै असुल गर्थे । उनी अहिले आफ्ना निकटहरुलाई जति सुकै पैसा खर्च गर्नुपरे पनि गर्ने तर आजिपीको दौड नछाड्ने उनी बताउँदै हिँडेको स्रोेतको दावी छ । 
  आइजिपीको दौडमा अहिले नवराज सिलवाल, प्रकाश अर्याल, जयवहादुर चन्द र बमबहादुर भण्डारी रहेका छन् । अमृतबजार मा खबर छ