काठमाडौ पुस ३
आज नेप्सेमा ५२ करोड २० लाख २२ हजार छ सय ९६ रुपैयाँको सेयर किनबेच भएको छ । कुुल एक सय ३३ कम्पनीहरुको चार हजार दुुई सय २६ वटा कारोवारमा सात लाख ५२ हजार चार सय ६३ कित्ता सेयर खरिद बिक्री भएपछि सो परिमाणा सेयर किनबेच भएको छ ।
नेप्से सुचक भने आज एक दसमलव २९ अंकले बढेर १५ सय ३१ दसमलव ३५ अंकमा कायम रहेको छ । सेन्सिटिभ शुन्य दसमलव ३१ अंकले बढेर तीन सय ३१ दसमलव ३१ अंकमा कायम रहेको छ । आठ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको कारोवार घटेर तीन वटा समुहको कारोवार बढेको छ । बीमा समुहको सुचक ७२ दसमलव ९१ अंकले बढेर सात हजार तीन सय ७५ दसमलव २९ अंंकमा कायम रहेकोमा १० करोड ८३ लाख २६ हजार रुपैयाँको कारोवार भएको छ । होटल समुहको सुचकमा नौ दसमलव सुधार आएको छ भने अन्य समुहको सुचकमा दुुई दसमलव ८९ अंकले सुधार आएको छ । बढी गुुमाउने समुहको सुचीमा परेको जलबिद्युुत समुहको कारोवार १३ दसमलव ३५ अंकले घटेर १८ सय ४७ दसमलव ३६ अंकमा कायम रहेकोमा दुुई करोड १९ लाख ७२ हजार छ सय रुपैयाँको कारोवार भएको छ । बाँणिज्य बैक समुहको सचुक शुन्य दसमलव नौं अंकले घटेर १४ सय ६० दसमलव ९६ अंकमा कायम रहेकोमा ३४ करोड ११ लाख ५८ हजार रुपैयाँको कारोवार भएको छ ।
बिकास बैक, फाईनान्स र उत्पादनमुलक समुहको सुचक आज सामान्य अंकले घटेको छ । आज बढी कमाउने कम्पनीको सुचीमा अल्पाईन डेभलपमेन्ट परेको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा प्रोग्रेसिभ फाईनान्स परेको छ । आज कमाउने तथा गुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य बढेको मुल्य
१ अल्पाईन डेभलपमेन्ट बैक ३६७ ९.५५
२ एनबी इन्स्योेरेन्स कम्पनी ३४८ ९.४३
३ सप्तकोशी डेभलपमेन्ट बैक ४८४ ८.५२
४ रिलायवल माईक्रो फाईनान्स १३६७ ८.१५
५ नागवेली लघुबित्त बिकास बैक २९१७ ७.६०
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य घटेको मुल्य
१ प्रोग्रेसिभ फाईनान्स २०१ ९.४५
२ वोमी माईक्रो फाईनान्स १३२५ ५.८९
३ फष्र्ट माईक्रो फाईनान्स ९४० ४.८५
४ जेविल्स फाईनान्स २९४ ३.९४
५ कर्णाली बिकास बैक २५५ ३.७७