बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बजारमा २० रुपैयाँको नयाँ नोट

आइतबार, पुष ३ २०७३

काठमाडौ 
नेपाली बजारमा २० रुपैयाँको नयाँ नोट आएको छ । राष्ट्र बैकले हिंजो शुुक्रबारबाट उक्त साविक कै नोटमा केही परिमार्जन गरी नयाँ नोट चलनचल्तीमा ल्याएको हो । 
साविककै आकार तथा रंगमा तर साविक जनावरको चित्रको सट्टामा बा¥हसिंङ्गेको चित्र रहेको, सङ्केत नं. ज÷१६ ०००००१ देखि ञ÷४० ९९९९९९ सम्म, “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैंया“ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैंया“ २० रुपैयाँ बिस तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्यांश सहित उक्त नोट चलन चल्तीमा ल्याएको हो । नोटको बाया“तर्पm सगरमाथाको चित्र रहेको, नोटको दायाँतर्पm लालीगुराँसको पानीछाप रहेको,  नोटको तल्लो भागमा गभर्नर डा. चिरंजीबि नेपालको दस्तखत रहेको, नोटको तल्लो भागको बोर्डरमा नोटको नम्वर नेपालीमा वि.सं. २०७२ लेखिएको, नोटको मध्य भागमा बा¥हसिंङ्गेको चित्र रहेको लगायतका बिशेषता रहेकाछन । 
यसबाहेक राष्ट बैकले सुचना जारी गर्दे पुुस चार गते सोमबार १२ सय ५० करोड रुपैयाँ भन्दा बढीको ट्रेजरी बिल बिक्री गर्ने जानकारी दिएको छ । बिक्री गरिने टे«जरी मध्येमा ९१ दिने अवधिको आठ सय २३ करोड, एक सय ८२ दिने अवधिको दुुई सय ६५ करोड र तीन सय ६४ दिने अवधिको एक सय ६२ रुपैयाँको हाराहारीमा रहेको छ । यसध्येमा परिपक्व हुने अवधि भने क्रमश २०७३ चैत्र आठ गते, २०७४ असार छ गते र २०७४ पुस चार गते तोकिएको छ । यसअघि पनि राष्ट्र बैकले मंसिर २७ गते ९१ दिने अवधिको दुुई सय ५० करोड रुपैयाँको टे«जरी बिक्री गरेको राष्ट्र बैैकले जानकारी दिएको छ ।